घुस रकमसहित नापी कार्यालय साँखुका सर्वेक्षक पक्राउ


काठमाडौं – नापी कार्यालय साँखु काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।

उनीहरुले सेवाग्राहीसँग जग्गा हाल साविक गर्ने प्रयोजनको लागि एक लाख ५० हजार घुस माग गरेका थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार घुसवापतको रकम लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement