काठमाण्डु– स्थानीय बजारमा आज सुनको भाउ बढेकाे छ । गत शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हाे ।
गत शुक्रबार प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८८ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी ३५ रुपैयाँले घटेर ४ हजार ४७५ कायम भएको महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया