काठमाण्डु – सुनचाँदीको मूल्य बिहीबार घटेको छ। सुन तोलामा पाँच हजार १०० रुपैयाँ र चाँदी र९० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार एक तोला सुनको मोल दुई लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। एक तोला चाँदीको मूल्य चार हजार ६५० रुपैयाँ निर्धारण भएको छ।
बुधबार एक तोला सुन दुई लाख ९१ हजार ८०० रुपैषँ र त्यति नै परिमाणको चाँदी चार हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




प्रतिक्रिया