गाेविन्दाले गरे पशुपतिमा विशेष पुजा


काठमाडौं – शनिबार मध्यान्न नेपाल आएका बलिउड अभिनेता गोविन्दाले आज पशुपतिनाथको दर्शन गरेका छन् । आजै काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ नेपाल आएका उनले बिहान पशुपतिनाथको दर्शन गरेका हुन् ।

उनले आइतबार बिहान पशुपतिनाथ मन्दिरमा एक लाख ५६ हजारको विशेष पूजा गरेका छन् । उनले १०८ ब्राह्मण र बटुकबाट पशुपतिमा दुई ठाउँमा यज्ञ लगाए । यस्तै लाख बत्ती पनि बालेका छन्। गोविन्दाको यज्ञ हेर्नका लागि पशुपतिमा ठूलो घुईँचो थियो । गोविन्दा भारीत तल्लो संदन लोकसभाका पूर्व सांसद पनि हुन् । पशुपतिमा उनको पूजाका लागि सुरक्षा सर्तकता उच्च पारिएको थियो । उनले साढे तीन घण्टा लगाएर पूजा गरेका हुन् ।

काठमाडौ ओर्लिएलगतै नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिएका गोबिन्दाको ३ दिने नेपाल बसाईको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्ने र चन्दागिरी पुग्ने समेत योजना रहेको छ ।  यसअघि बलिउड सुपरस्टार गोविन्द अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement