सूर्यग्रहण सकियो


काठमाडौं – आज बिहान लागेको सूर्यग्रहण सकिएको छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरु भएको ग्रहण ११ः३१ मा सकिएको छ । सूर्यग्रहण खगोलमा हुने महत्त्वपूर्ण घटना हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत पात्रोअनुसार यो वर्षको पहिलो र अन्तिम सूर्यग्रहण हो ।

खगोल शास्त्रका अनुसार सूर्य पृथ्वीको सबैभन्दा नजिक रहेको तारा हो । यसको दूरी पृथ्वीबाट १४ करोड ९६ लाख किमि छ । सूर्य पृथ्वीभन्दा ४ सय गुणा ठूलो छ ।

पृथ्वीभन्दा ४ सय गुणा सानो चन्द्रमा ३ लाख ८४ हजार ४ सय किमि मात्रै टाढा भएकाले पृथ्वीबाट नाङ्गो आँखाले हेर्दा सूर्य र चन्द्रमा समान देखिन्छन् ।

यो ग्रहण मलेसिया, सिंगापुर श्रीलंका, दक्षिण भारत (तमिलनाडु), ओमान, युनाइटेड अरब इमिरेटस्बाट बलय रूपमा देखिएको छ । नेपालसँगै जापान, कोरिया ताइवान हङकङ भियतनाम कम्बोडिया थाइल्यान्ड लाओस् म्यानमार भुटान ल्हासा (चीन), ताजकिस्तान र अजरबैजानबाट भने खण्डग्रास देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement