गृहमन्त्रीले भने ‘सरकार गिराउने र राज्य व्यवस्था उल्ट्याउने शक्ति क्रियाशील छन्’


काठमाडौं-  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले फागुन दोस्रो सातासम्म पार्टी एकताको बाँकी कार्यभार पूरा हुने बताएका छन् । जनआन्दोलन तथा जनयुद्धका सहिदको सम्मानमा नेकपा झापाले बिर्तामोडमा आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा बोल्दै थापाले एकताको कार्यभार पूरा नहुँदा कार्यकर्ता निराश बनेका बताए ।

‘त्यत्तिकै चोचोमोचो मिलाएर मात्र पार्टी एकता भएको होइन,’ उनले भने, ‘केन्द्रीय कमिटी बनेकै ९ महिना बितिसक्यो  । तलसम्म एकता भइसकेको छैन । कार्यकर्ता निराश छन् ।’ एकतालाई पूर्णता दिन पार्टीभित्रको अन्तरसंघर्षलाई नयाँ उचाइमा उठाउन जरुरी रहेको उनले बताए ।

गृहमन्त्री थापाले मुलुकमा अस्थिरता पैदा गर्ने र राज्य व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । द्वन्द्व सिर्जना गर्न मुलुकभित्र र बाहिरका शक्ति लागिपरेको उनको आरोप छ । ‘सरकार गिराउने, देश टुक्र्याउने र राज्य व्यवस्था उल्ट्याउने शक्ति क्रियाशील छन्,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement