काठमाण्डु – बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा सफलतापुर्वक पिटिएमसी गरिएको छ । रुपन्देही गैडहवाकी सुर्यकली यादवको पिटिएमसी गरिएको अस्पतालले जनाएको छ ।
मुटुको साघुरो भल्वलाई छाती नचिरी रगतको नलिहरुको माध्यमबाट भल्व खुल्ला गर्नुलाई पिटिएमसी भनिन्छ । लुम्बिनी प्रदेशमै पहिलो पटक यो प्रविधिमार्फत मुटुको भल्व खुला गरिएको अस्पतालका निर्देशक डा.समिर गौतमले दाबी गरे ।
डा. गौतमसहित ४ जना कोडियोलोजिष्ट, रेडियोग्राफर र स्वास्थ्यकर्मीसहितको टोलीले विरामी सुर्यकली यादवको भल्व खुलाएको हो । नेपालमा चितवन, धरान, विराटनगर,काठमाण्डुमा यो सुविधावाट पहिल्यैदेखि उपचार गरिँदै आएको थियो ।
प्रतिक्रिया