अमेरिकाले बनायो मुटुको धड्कनलेनै सत्रु देशको जासुस पत्ता लगाउने ‘सफ्टवेयर’


एजेन्सी – सामान्य रुपमा प्रत्येका देशमा अर्को देशको जासुसले घुसपैठ गर्ने गरेका छन् । उनीहरु सामान्य नागरिकमा यसरी घुलमिल हुन्छन् कि उनीहरुलाई चिन्ननै गाह्रो हुन्छ । यद्यपि कहिलेकाहीँ उनीहरु सोही देशका जासुसी एजेन्सीको पकडमा आउने गर्छन् ।

उनीहरुलाई पक्राउ गरेपछि यात मारिन्छ वा गिरफ्तार गरिन्छ । पश्चिमा देशमा कुनै संकास्पद वा दुश्मन देशको जासुसमाथि हमला गर्नुपूर्व सफ्टवेयरबाट पत्ता लगाइन्छ । यो सफ्टवेयरले उसको चाल–ढालबाट जासुस भए नभएको पत्ता लगाउँछ ।

यद्यपि कहिलेकाहीँ यो गलत पनि साबित हुन सक्छ । यसैले अमेरिकाका स्पेसल अपरेसन कमाण्ड (एसओसी) ले एक नयाँ सिस्टमको प्रयोग सुरु गरेको छ, जसले २०० मीटर परबाटै कुनै पनि व्यक्तिको मुटुको धड्कनबाटै उक्त व्यक्ति संकास्पद या जासुस हो कि होइन भनेर चिन्छ ।

प्रतिरक्षा विभागको एजेन्सी कम्ब्याटिङ टेरोरिजम टेक्निकल सपोर्ट अफिस (सीटीटीएसओ) ले यो नयाँ प्रणाली जेटसन विकसित गरेको हो । सफ्टवेयर बनाउने कम्पनी आइडियल इनोभेसन्सले यो नयाँ सिस्टमलाई हर्टप्रिन्ट नाम दिएको छ ।

यसले संकास्पद व्यक्तिको कपडामा उसको मुटुको धड्कनको हलचललाई रेकर्ड गर्छ । यसका लागि यसले लेजर भाइब्रोमीटर ग्याजेटको प्रयोग गर्छ । यो लेजर बीम मानिसको सानो–सानो व्यवहार पनि पत्ता लगाउन सक्षम रहेको छ । यो लेजर बीम इन्फ्रारेड हुन्छ । यसैले यसलाई मानिसको आँखाले देख्द सम्भव हुँदैन ।

तर यदी कुनै व्यक्ति दौडिएको छ वा कुनै चलिरहेको गाडीमा सवार भएको समयमा भने हर्टप्रिन्टले उसलाई पहिचान गर्नमा भने केही कठिनाई हुनेछ । जब कुनै व्यक्ति कुनै एक स्थानमा शान्त बसेको छ भने यसको लेजर बीम उक्त व्यक्तिमा ३० सेकेन्ड सम्म मात्रै रहन्छ । जसबाट उसलाई चिन्नका लागि सजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement