स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : सभापति देउवा


काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताएका छन् । चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताए ।

‘पार्टी संगठन निर्माणमा स्वर्गीय ठकुरीको महत्वपूर्ण योगदान रहेको छ,’ उनले भने । उनले मुलुकको विकास र समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख दावी गरे ।

सो अवसरमा नेपाली काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय ठकुरीले पु¥याएको योगदान अतुलनीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement