ह्वावेको तीन दिने लामो अनलाइन कार्यक्रम ‘बेटर वर्ल्ड समिट’ सम्पन्न


काठमाण्डु – कोरोना भाइरस (कोभिड–१९) महामारीले हाम्रो काम र जीवनको हरेक पक्षमा छुने गरि संसारलाई परिवर्तन गरिरहेको बेला ह्वावेले सुरु गरेको तीन दिने लामो अनलाइन कार्यक्रम ‘बेटर वर्ल्ड समिट’ सम्पन्न भएको छ ।

ह्वावेले ग्लोबल क्यारियर र केहि मिडिया आउटलेटहरु, विश्लेषकहरु र विश्वभरका सरकारी अधिकारीहरुलाई लक्षित गरि जुलाई २७ मा सञ्चालन गरेको तीन दिने लामो अनलाइन कार्यक्रम ‘बेटर वर्ल्डसमिट’ जुलाई २९ मा बोर्डका निर्देशक क्याथरिन चेनले समापन गरेकी हुन् ।

समापन कार्यक्रममा बोल्दै चेनले धेरै राष्ट्र र उद्योगका टेलिकम नियामकहरूले कोभिड–१९ महामारीको कारण देखा परेका साझा चुनौतीहरूको सामना गर्न सबैसँग मिलेर काम गर्नुपर्ने बताइन् । उनले सबैका लागि थप समावेशी भविष्यको सिर्जना गर्नु पर्ने बताइन् ।

यो शिखर सम्मेलन कोभिड–१९ को महामारीसंग कसरी अझ प्रभावकारिताका साथ लड्न सकिन्छ र महामारी पश्चातआर्थिक सुधार कसरी बढाउन सकिन्छ भनेर अन्वेषण गर्ने हिसाबले डिजाइन गरिएको थियो ।

मिडिया, विभिन्न उद्योग र सरकार सम्बन्धित प्राधिकरणका करीव ५० जनालाई नेपालबाट उक्त अनलाइन कार्यक्रममा सहभागी हुन आमन्त्रित गरिएको थियो । इच्छुक सहभागीहरूले उनीहरूको ईमेल ठेगानादर्ता गरेर कार्यक्रममा सामेल भएका थिए । बेटर वर्ल्ड समिट सम्मेलन चिनियाँ, अंग्रेजी, स्पेनिश, फ्रान्सेली, रूसी, कोरियाली, जापानी र अरबी भाषामा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

अनलाइन ‘बेटर वर्ल्डसमिट’सम्मेलनको उद्घाटन गर्दै ह्वावेका राटेटिंग अध्यक्ष गुओ पिङले पाँच प्रमुख टेक डोमेनको तालमेलले व्यवसायिक सफलताको लागि केके गर्छन् र उनीहरुको भूमिका कसरी अन लक गर्न मद्दत पु¥याउँछ भनेर चर्चा गरेका थिए ।

चाइना टेलिकम, एटिसलाट, एमटीएन, जीएसएमए र ३ जीपीपी, ईटीएसआईका अतिथि वक्ताहरूलाई ८० भन्दा बढी देशहरूबाट आएका हजारौं अनलाईन सहभागीहरूले सूचना तथा सञ्चार टेक्नोलोजी (आईसीटी) ले कसरी यस महामारीको बेला अहिले र पछिको नयाँ आर्थिक वृद्धिलाई उर्जा दिन सक्दछ भन्ने कुरामा छलफल गरेका थिए ।

“आईसीटी कम्पनीका रूपमा यस महामारीलाई नियन्त्रणर पराजितगर्न हामीले हामी सँग भएको टेक्नोलोजीको प्रयोग गर्नु हाम्रो जिम्मेवारी हो,” गुओले भने, “हाम्रा साझेदार र ग्राहकहरूसँग मिलेर सबै प्रकारका सेवाप्रदाएकर उद्यमहरू सहित हामी हाम्रो समुदायहरूमा सकारात्मक प्रभाव पार्न टेक्नोलजिकल समाधानहरूको प्रयोग गर्न सक्छौं ।’

दोस्रो दिन ह्वावेका कार्यकारी निर्देशक र क्यारियर बिजिनेसका अध्यक्ष रायन टिङले ‘बेटर वर्ल्ड समिट २०२०’मा किनोट स्पिच दिएका थिए । टिङले कोभिड–१९ संकट विश्वव्यापी रूपमा फैलिरहदा नेटवर्क निर्माण र ब्यापार विकासको चार क्षेत्रमा क्यारियर तयार हुन आवश्यक रहेको बताउँदै जसले चाँडै नै नेटवर्क क्षमताको भरपुर प्रयोग गर्ने र व्यापार बृद्धि गर्न प्रेरित गर्ने बताए ।

विगत ३० बर्षमा सूचना प्रविधिहरू द्रुत गतिमा अगाडी बढिरहेको ह्वावेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement