ह्वावेले दक्षिण एशियाली मुलुकलाई ५ वर्षमा १ लाख डिजिटल ट्यालेन्ट विकास सहयोग गर्ने


काठमाण्डु – ह्वावेले दक्षिण एशियाली मुलुकहरूलाई आगामी ५ वर्षमा १ लाख डिजिटल ट्यालेन्ट विकास सहयोग गर्ने बताएको छ । बिहीबार डिजिटल टेलेन्ट क्षेत्रीय शिखर सम्मेलनमा ह्वावेले उक्त कुरा बताएको हो ।

सरकार, विश्वविद्यालय र औद्योगिक साझेदारहरूसँगको संयुक्त साथमा ह्वावेले दक्षिण एशियाली मुलुकहरू बंगलादेश, श्रीलंका र नेपाललाई आगामी ५ वर्षमा १ लाख डिजिटल ट्यालेन्ट विकास गर्न सहयोग गर्नेछ, ह्वावेका प्रवक्ताल भने ।

समावेशी डिजिटल समृद्धिको लागि ट्यालेन्ट ईकोसिस्टम उत्पादन गर्ने शीर्षक रहेको शिखर सम्मेलनले तीन देशका मन्त्री र वुद्धिजीवीहरु, युनेस्को र आईसीटी उद्योगका विज्ञ र प्रतिनिधिहरूलाई डिजिटल सीपको अन्तरलाई कम गर्न र महामारी पश्चातको आर्थिक पुनर्प्राप्तिमा डिजिटल रूपान्तरणको सहजीकरणका लागि सहयोगी पहलहरूको अन्वेषण गर्न एकै ठाँउ ल्याएको हो ।

“हामी विश्वास गर्छौं कि ट्यालेन्ट इकोसिस्टम आर्थिक पुनर्प्राप्ति र एक दीर्घ चिरस्थायी डिजिटल भविष्यको आधारशिला हो । यद्यपि डिजिटल सीपको अभाव धेरै देशहरूको सबैभन्दा ठूलो चुनौती हो ,” शिखर सम्मेलनमा ह्वावे एसिया प्रशान्तका उपाध्यक्ष जे चेनले भने, आगामी ५ बर्षमा ह्वावेले १ लाख भन्दा बढी आईसीटी ट्यालेन्टको विकास र निर्माण गर्ने अपेक्षा राखेको छ ।यस गतिशील क्षेत्रमा विशेष गरी बंगलादेश, श्रीलंका र नेपालमा एक जीवन्त डिजिटल ट्यालेन्ट इकोसिस्टम निर्माण गर्ने भएको उनले बताए।

“डिजिटल ट्यालेन्टहरुको विकास डिजिटलाइजेशनको सँधै महत्वपूर्ण तत्व हुन्छ, र नेपाल सरकार सँधै प्रविधि विस्तार गर्न र प्राबिधिक विशेषज्ञहरूको रोस्टर बनाएर डिजिटल नेपाल अभियानलाई सफल बनाउन काम गरिरहेको छ ।

ह्वावेले जहिले पनि प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको छ र नेपालमा आईसीटी सम्बन्धित परियोजनाहरूको विस्तार पनि गर्दै आइरहेको छ ।संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, हरि बस्यालले भने, । डिजिटल रूपान्तरणले समाजमा निकै ठूलो परिवर्तन ल्याउने छ र यो युवालाई कुनै सीप सिकाउन महत्वपूर्ण छ बस्यालले भने,।

यस क्षेत्रका वुद्धिजीवी र विज्ञहरूले प्यानल डिस्कसनमा भाग लिएका थिए र कार्यक्रममा ट्यालेन्टका चुनौतीहरूको समाधानका लागि विचारहरू अन्वेषण गरीयोे जसमा पहुँच योग्य ट्यालेन्ट विकास समाधानमा डिजिटल भिजन प्रयोग गर्ने, आईसीटी भूमिकाका लागि मानक र सीप फ्रेमवर्क विकास गर्ने, समग्र शैक्षिक संरचनालाई अपग्रेड र च्यानलाईज गर्ने, र डिजिटल ट्यालेन्ट परिचालन गर्ने पर्दछ ।

“काेराेना महामारीले गर्दा हामीलाई धेरै चुनौतिहरूको सामना गर्नु परेको छ र यसले ठूलै डिजिटल ग्याप सिर्जना गरेको छ । प्रविधि यस अन्तरलाई कम गर्ने एक ड्राइभिंग फोर्स हो जुन मानिसहरूले अपनाउनु आवश्यक पर्दछ । मेरो विचारमा एआई बिग डाटाको पाठ्यक्रम स्कूलबाटै सुरु हुनुपर्छ र हामी यसमा काम गर्दैछौं । विश्वविद्यालय, उद्योग, सरकार र ह्वावेले प्रभावकारी डिजिटल ट्यालेन्ट इकोसिस्टम निर्माण गर्नका लागि संगै आएकोमा म धेरै खुसी छु । ” प्रा. डा. मनीष पोखरेलले भने ,।

अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले दिगो विकासको लागि डिजिटल सीपको अन्तर कम गर्ने कुरामा जोड दिएका थिए । समावेशी डिजिटल समृद्धिको लागि ट्यालेन्ट ईकोसिस्टम उत्पादन गर्न हामीले डजिटल समावेशीकरण, मूलधारको डिजिटल सीप विकासको प्रचार र गुणस्तर शिक्षा सुनिश्चित गर्न डिजिटल–पेडागोजीकल परिवर्तनलाई बढावा दिनु पर्नेछ ।

विश्वव्यापी विस्तारको लक्ष्यका साथ ह्वावे यो कार्यप्रति प्रतिबद्ध छ र युनेस्को सँगको साझेदारीमा यो निर्माण गर्न चाहन्छ जुन अफ्रिकामा ‘TECH4ALL’ पहलबाट सुरु भएको थियो । यो दीर्घकालीन, डिजिटल समावेशीकरण पहल हो जसले विश्वको अधिकतम जनसंख्यालाई आवश्यक डिजिटल सीपको साथ सशक्त बनाउने लक्ष्य राख्दछ, बीअट्रिस काल्डुन, अफिस प्रमुख र बंगलादेशका युनेस्को प्रतिनिधिले भने ।

महामारीको बखत ह्वावेले युनेस्को लगायतका साझेदारहरुसँग विद्यार्थी र प्रोफेसनलहरुलाई डिजिटल सोलुसन र डिस्टान्स लर्निंग रर्सिोस प्रदान गर्न सहयोग गरेको छ ।

यस टेक कम्पनीले डिजिटल ट्यालेन्ट विकास पहल विस्तार गर्ने र एउटा एण्ड–टु–एण्ड ह्वावे ट्यालेन्ट प्लेटफार्म प्रदान गर्ने योजना बनाएको छ।, जसले सिक्न खोज्नेहरूलाई उनीहरूको क्षमता सुधार गर्न मद्दत पु¥याउँछ र वान–स्टप सेवा, अनलाइन कोर्स, परीक्षा, सर्टीफिकेट र कामको खोजी प्रदान गरी उनीहरूलाई करियर विकासमा सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement