हुम्लाको परम्परा : अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा

हुम्लाको परम्परा : अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला – अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ। कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ।

नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै कायमै रहेको छ। यो प्रथालाई ठिमाहा भनिन्छ। ‘विवाह नगरी बसेका बेला गाउँकै एक युवकसँग शारीरिक सम्बन्ध हुँदा छोरी जन्मिइन्। बुवाले एकसरो सबै व्यवस्था गरिदिनुभयो। दुःखजिलो गरेर बसेकी छु,’ लिमी हल्जिकी कार्जाङ्मा तामाङले आफ्नो व्यथा सुनाइन्।

बुवाले माइतीको जग्गामै बनाएको घरमा बस्नुपर्ने गाउँको सामाजिक मान्यताअनुसार सम्पर्क गरेको केटा मान्छेले बच्चा जन्माउने कामबाहेक अन्य केही पनि सहयोग नगरेको उनको भनाइ छ। त्यसैगरी बुवाले दिएको गरिखाने जमिन, पशुबस्तु, भाँडाबर्तन, लत्ताकपडाका भरमै जीवन धान्दै आएकी ४५ वर्षीया कार्जाङ्मा तामाङसँग पछि अर्की छोरी पनि थपिएकी छन्।

त्यो कसरीरु प्रश्न उठ्न सक्छ। घरमा श्रीमती भएकी अघोषित श्रीमान् त्यसरी एक्लै बसे पनि आउन छोड्दैनन् तर दायित्व भने केही लिँदैनन्। तामाङ भन्छिन्, ‘अर्की छोरी पनि तिनकै हो तर श्रीमान् भने सार्वजनिक रूपमा भन्न पाइँदैन, समाज नै यस्तो छ।’ धनीका बाआमाका लागि त अविवाहित छोरीको व्यवस्था गर्नु सहजै होला तर गरिब परिवारलाई भने निकै बोझिलो भएको उनको तर्क छ। तर, समाजले यसलाई सहर्ष स्वीकार गरेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।