सन् २०२५ सम्म एआई मार्केट ३०० अर्ब अमेरिकी डलर पुर्‍याउने ह्वावेको प्रक्षेपण


काठमाण्डु – ह्वावेले एआर ह्वाइट पेपर र ५ जी एआर सार्वजनिक गरेको छ । एआरले नयाँ फ्रन्टियर उत्पादन गर्ने ह्वावेले जनाएको छ ।

कार्यक्रममा बोल्दै  ह्वावे क्यारीयर बीजी सीएमओ बब काईले ५ जी र एआर बीच गहिरो सम्बन्ध रहेको बताएका छन् । उनले ५ जी ले एआरअन गर्ने र एआरले ५ जी लाई चम्किलो बनाउने बताए ।

उनले एआर इनसाइट एण्ड एप्लिकेसन प्राक्टिस व्हाइट पेपर पनि जारी भएको घोषणा गरेका छन् । उक्त एप्लिकेसन र नेटवर्किंगको सन्दर्भमा एआई उधोगलाई अन्तरदृष्टि प्रदान गर्ने बताइएको छ ।

‘एआरले पहिला पाँच प्राथमिक उधोगहरुः शिक्षा, सोशल नेटवर्किंग, सपिंग, यात्रा र नेभिगेसन, गेमिंगमा व्यापक अडप्सन देख्नेछ’, सीएमओ काईले भने, ‘एआरले सपनालाई साँचो बनाउन पक्कै पनि भौतिक र डिजिटल संसारको कनभर्जेन्स सक्षम पार्न सक्दछ ।’

साथै ह्वावे र तेस्रो–पार्टी डाटाले  सन्  २०२५ सम्म एआई मार्केट ३०० अर्ब अमेरिकी डलर बराबर हुने प्रक्षेपण गरेको छ ।

सीएमओ काईले ह्वावेले अपनाएको एआर सम्बन्धी केस स्टडि सार्वजनिक गरेका थिए । कोभिड–१९ को कारणले विश्वभरका ग्राहकहरू ह्वावेमा आउन असमर्थ रहेको बताउँदै ह्वावेले आफ्नो अग्रणी प्रोडक्ट र सोलुसनहरू अनलाइनमार्फत प्रदर्शन गर्न एआरको प्रयोग गर्ने उनले बताए । ह्वावेले ५ जी बेस स्टेशनको वितरण छिटो प्राप्त गर्न पनि एआर को उपयोग गर्दछ जसले वितरण दक्षता वृद्धि गर्नेै ह्वाले जनाएको ।

एआर लाई सरल पार्दै ह्वावे

सीएमओ काईले ह्वावेले कसरी एआर ‘उत्पादन’ गर्दछ भनेर प्रस्तुतीकरण गरेका थिए । ह्वावेको एयर फोटोले २ डी फोटोलाई डिजिटल ३ डी मोडलमा रूपान्तरण गर्न अद्वितीय एल्गोरिदम प्रयोग गर्ने बताइएको छ । एआर ३ डी क्यारेक्टर मोडलिंगलाई सरलीकरण गरेको ह्वावेको दाबी छ ।

काईले ह्वावे एआर इञ्जिन सार्वजनिक गरेका छन् । जुन कम्पनीको मोबाइल उपकरणहरु तर्फ उन्मुख एआर विकास प्लेटफार्म हो ।

ह्वावे एआर इञ्जिनसँग डेभ्लपरहरूले एआर प्रभावहरू सिर्जना गर्न केवल १० लाइनको कोड लेख्नुपर्नेछ जसले एआर एप्लिकेसन विकासको दक्षतामा ठूलो रुपमा वृद्धि गर्ने बताइएको छ ।

कार्यक्रममा उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा हे चेन्जियन, शेन्जेन कम्युनिकेशन ब्यूरोका निर्देशक, डेभिड मैकक्वीन, स्ट्रेटिजी एनालाईटिक्सका कार्यकारी निर्देशक, ह्वांग हे, शेन्जेन टिभी स्टेशनका चीफ प्रोड्यूसर, वी रोङ्जी, रियलमैक्सका सीईओ, हीरोशी फुकुडा, मिलिप सीईओ, लिआंग जिन्हाओ, चीन क्षेत्र का प्रतिनिधि र फु जी, शेन्जेन एआर एसोसिएशनका कार्यकारी निर्देशकले आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement