आईसीटी इन्फ्रास्ट्रक्चर डिजिटल नेपालको लागि अपरिहार्य : विलियम झांग


काठमाण्डु –  ह्वावे नेपालका सीईओ विलियम झांगले आईसीटी इन्फ्रास्ट्रक्चर डिजिटल नेपालको लागि अपरिहार्य रहेको बताएका छन् । सोमबार आईसीटी २०२१ को अवसरमा उनले उक्त कुरा बताएका हुन् ।

आईसीटी वीक २०२१ को अवसरमा सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले ह्वावे यूएनसीडीएफ,क्यान, फेडरेशन, नेपाल उद्योग वाणिज्य महासंघ केयू, र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्यानलिस्टहरूसँग वेबिनारको आयोजना गरेको थियो जसले आईसीटीसँग सम्बन्धित क्षेत्रहरुका बारेमा छलफल गरेको छ ।

आईसीटी पूर्वाधार र समाधान प्रदायकले नेपालमा प्रमुख टेलिकम अपरेटरहरूको नेटर्वक सहज रूपमा सन्चालन र लकडाउनको दौरान ब्रोडब्यान्ड ईन्टरनेटको पहुँच सम्भव गर्न सहयोग पु¥याएको छ । यसले काेराेना महामारीको क्रममा नेपालमा विभिन्न उद्यमहरूको डिजिटल रूपान्तरणलाई ह्वावे क्लाउड, डाटा सेन्टर र अन्य इन्टरप्राइज सोलुसन प्रयोग गरी उनीहरूको डिजिटलीकरण स्तर सुधार गर्न सहयोग गरेको छ । यसका साथै ह्वावेले अपरेटहरुका साथ व्यापक कभरेज, उत्तम गुणस्तर भएको ईन्टरनेट कनेक्टिविटीको निर्माण गर्न फोर जी विस्तार समेत गरिरहेको छ ।

यस्तै यूएनसीडीएफका क्रिस्टोफर वोल्फले नेपालमा समावेशी डिजिटल अर्थव्यवस्था स्कोर आइडीएसको बारेमा बोलेका थिए । क्यान फेडरेशनका नारायण थापाले नेपालमा आईसीटी विकासको भिजनमा प्रस्तुती दिएका थिए । सुचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रमुख सहसचिव अनिल कुमार दत्तले डिजिटल नेपाल फ्रेमवर्कको बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए । जुन हालको १५ औँ आवधिक योजनामा गेम(चेन्जर परियोजनामा समावेश हुँदैछ ।

सुचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव हरि बश्यालले नेपालमा आईसीटी क्षेत्रको भूमिका सम्बन्धी छलफलमा सहभागी भएकोमा सबैलाई धन्यवाद व्यक्त गरे । उनले ह्वावेलाई पनि धन्यवाद दिए । उनले भने, म ह्वावे नेपालप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु जसले नेपालमा विक्रेताको भूमिकामा आईसीटी विकासलाई समर्थन र प्रबर्धन गरिरहेको छ ।

नेपालमा आईसीटी उद्योगका लागि स्वस्थ र दिगो वातावरण निर्माण गर्न चार सुझावहरू :

– स्पेक्ट्रम प्रयोगमा सुधार गर्ने

– बढी भन्दा बढी ब्रोडब्यान्ड प्रदायकलाई अन्तर्राष्ट्रिय ब्यान्डविथको लागत घटाउने तिर लैजाने

– दुर्गम क्षेत्रहरूमा टावरहरू निर्माण गर्न अपरेटर र सरकारी कोषहरू बीच टावर सह–प्रयोग गर्ने

– ब्रोडबैंड ईन्टरनेट एमबीबी एण्ड एफबीबीको प्रयोगकर्ता अनुभव सुधार गर्ने

नेपालमा फाइभ जी परीक्षण सुरु गर्ने नीति अबलमबन गर्ने नेपाल सरकारको दूरदर्शी निर्णय होे, विलियम झांगले फाइभ जी क्लबमा सामेल भएकोमा नेपाल सरकारलाई बधाई दिए,ह्वावे, एक अग्रणी फाइभ जी टेक्नोलोजी विक्रेता, डिजिटल रूपान्तरणलाई प्रवर्धन गर्न र नेपालमा महामारी पश्चातको सामाजिक र आर्थिक सुधारलाई सहयोग पु¥याउन उद्योग साझेदारहरूसँग सहकार्य गर्न तयार रहेकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement