नेपालका लागि डिजेआईको आधिकारिक बिक्रेता आईएमएस ग्रुप


काठमाडौं – आईएमएस ग्रुपले नेपालका लागी डिजेआईका मोडलहरु उपलव्ध गराउने भएको छ ।  ड्रोन व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको डिजेआई विश्वकै सबैभन्दा शिर्ष स्थानमा पर्ने व्यवसाय हो ।

क्यामरा ड्रोन, एरियल फोटोग्राफीको स्टेवलाईजर र भिडियोग्राफिमा डिजेआई विश्वप्रख्यात छ । विशेषत श्रीजनशिलता, निर्देशन , सिनेम्याटोग्राफी तथा कम उचाई एरियल तस्बिरका लागि डिजेआईका ड्रोन  प्रयाेग हुन्छन्।

अतुलनीय अनुसन्धान र विकाश भइरहने यस ब्राण्ड नवीनतामा अग्रसर छ जसले गर्दा जटिल प्रबिधि पनि सजिलो यन्त्रमा परिणत हुन्छ ।

आई एम एस ग्रुपले नेपालमा हाललाई डिजेआईका मोडलहरु उपलब्ध गराउने भएको छ ।

-म्याभीक टु जुम

-स्पार्क कन्ट्रोलर कम्बो ह्वाईट

-म्याभीक ऐर ब्ल्याक

-म्याभीक ऐर ह्वाईट

-टेलो ग्लोबल

-फ्यान्टम ४ प्रो भरजन २.०

-स्पार्क फलाई मोर कम्बो रेड

-टेलो बुस्ट कम्बो

-ओस्मो मोबाईल २

-ओस्मो मोबाईल २ पार्ट १ वेस

डिजेआइका अरु नयां मोडलहरु पनि छिट्टै नेपाली बजारमा उपलब्ध हुदैंछन् । कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइन पनि उपलब्ध गराएको छ ।

आई एम एस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले “फेरी पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र डिजेआइ ड्रोन नेपाली बजारमा भित्रयाउन पाएकोमा हामी एकदमै खुसी छौं । भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको बिकासोन्मुख डिजिटल जमानामा ड्रोन व्यवसाय प्रति हामी एकदमै सकारात्मक छौ । हाम्रो लक्ष भनेको ग्राहक को सन्तुष्टि र अनुभवमा निरन्तर सुधार गर्नु नैै हो” भने ।

आई एम एस ग्रुपको बारेमा

आई एम एस गु्रप २० ओटा कम्पनीहरुको साझा समूह हो । याे ग्रुप सामसुङ मोबाइल नेपालका लागि आधिकारिक बिक्रेता पनि हो । आई एम एस सन् १९९८ मा पहिलो पटक नेपालमा मोबाइल भित्रयाउने आधिकारिक ग्रुप हो । यस ग्रुपले स्थापना भएको २५ वर्ष मा नै अतुल्य सफलता हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement