भारतिय विदेश मन्त्रालयले सार्वजनिक गर्यो राष्ट्रपति सी को भारत भ्रमणको तालिका


काठमाडौं– भारतले चिनियां राष्ट्रपति सी जिनपिङको भारत भ्रमणको औपचारीक मिति सार्वजनिक गरेको छ । भारतिय विदेशमन्त्रालयले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै सीको भ्रमणबारे औपचारीक जानकारी दिएको हो । भारतिय विदेशमन्त्रालयका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखी १२ सम्म भारतको भ्रमण गर्ने कार्यक्रम छ ।

यसअघि यही मितिमा सी को भ्रमण हुने समाचार सार्वजनिक भएपनि चीनबाट त्यसको आधिकारीक जानकारी आएको थिएन् । चिनियां राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

भारत भ्रमणको क्रममा उनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसंग ममल्लापुरमा उनले दोस्रो शिखर बैठक गर्नेछन् । विश्व सम्पदा सूचीमा रहेको ममल्लापुरमा मोदीसंगै सांस्कृतिक कार्यक्रममा समेत सी सहभागित हुनेछन् ।

चिनियां राष्ट्रपतिले भारत भ्रमणका क्रममा उनले मोदीसंग इण्डो प्यासेफिक स्टाटेजी र क्वाडमा भारतको भूमिकाबारे समेत छलफल गर्नेछन् । चीनले कश्मिर प्रकरणलाई संयुक्त राष्ट्रसंघमा प्रवेश गर्न भुमिका खेलेसंगै भारतले समेत क्वाडलाई प्राथमिकतामा राखेको । यसअघि सहसचिवस्तरीय वैठक हुने क्वाडमा यसपटकबाट विदेशमन्त्रीस्तरीय वैठक हुन थालेको छ । त्यसमा भारतको भुमिकाले काम गरेको विश्लेषण छ । न्युयोर्कमा केही साता अघि पहिलो पटक विदेशमन्त्रीस्तरीय अनौपचारिक बैठक बसेको थियो ।

जस्को तस्बिर भारतिय विदेशमन्त्री एस जयशंकरले टिवटरमा सार्वजनिक गरेका थिए । क्वाडमा भारत,अष्ट्रेलिया,जापान र अमेरिका सदस्य छन् । चीनले क्वाड र इण्डोप्यासेफिक स्टाटेजी दुवै चीनलाई घेर्ने रणनीतिअन्र्तगत अघि सारेको रणनीति भएको भन्दै त्यसको विरोध गर्दै आएको छ ।

Visit of President of China to India (October 11-12, 2019)

October 09, 2019

At the invitation of the Prime Minister, the President of the People’s Republic of China H.E. Mr. Xi Jinping will be visiting Chennai, India from October 11-12, 2019 for the 2nd Informal Summit.

The two leaders had their inaugural Informal Summit in Wuhan, China on 27-28 April 2018.

The forthcoming Chennai Informal Summit will provide an opportunity for the two leaders to continue their discussions on overarching issues of bilateral, regional and global importance and to exchange views on deepening India-China Closer Development Partnership.

New Delhi
October 09, 2019

प्रतिक्रिया दिनुहोस
Advertisement