चीननिकट भनिएर चिनिएका भारतिय कुटनितिज्ञ गोखलेलाई दिईयो विदेश सचिवको जिम्मेवारी


नयां दिल्ली– भारतीय बिदेश मन्त्रालयको सचिवमा विजय केशव गोखले नियुक्त भएका छन् । हालका विदेश सचिव एस जयशंकरको आगामी जनवरी २८ मा कार्यकाल सकिने भएपछि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले गोखलेलाई विदेश सचिवका रुपमा नियुक्त गरेका हुन ।

 

हाल भारतीय बिदेश मन्त्रालयको आर्थिक सम्बन्धतर्फका सचिव रहेका गोखले यसअघि जर्मनीका लागी भारतको राजदूूत थिए । उनीसंग मलेसियाको लागी भारतीय राजदूत र भारत ताइपाइको महानिर्देशक भएर काम गरेको अनुभव छ ।

 

विदेश सचिवमा नियुक्त भएका गोखलेले विदेश सेवामा रहदा हंङकङ, बेइजिङ र न्युयोर्कमा काम गरेका थिए । उनले विदेशमन्त्रालयम रहदा समेत चीन हेर्ने महाशाखामा काम गरेका थिए ।  

 

चीनका लागी पुर्व राजदूत समेत रहेका गोखलेले गत वर्ष चीन र भारतको बिचमा दोक्लाममा देखिएको सिमा विवाद सुल्झाउन महत्वपूर्ण भुमिका खेलेका थिए । उनि प्रधानमन्त्री मोदीको विशेष दूत भएर बेइजिङ  समेत पुगेका थिए ।

 

 

विदेश सचिव जंयशंकर प्रधानमन्त्रीको विशेष दूत भएर नेपाल भ्रमणमा आउदा विवादीत भएका थिए । उनी विदेशसचिवमा दुई वर्षको लागी नियुक्त भएपनि पछिल्लो एक वर्ष उनको कार्यकाल थप गरिएको थियो । जयशंकरको नेपाल नितीको भारतमा समेत आलोचना भएको थियो ।

 

विदेश सचिवमा नियुक्त भएका भारतिय कुटनितिज्ञ गोखले चीनसंग नजिक सम्बन्ध भएका कुटनितिज्ञका रुपमा समेत चिनिन्छन् । नेपालमा वामपन्थीहरुको सरकार बन्ने निश्चित भएका बेला भारतमा चीन निकट भनेर चिनिएका कुटनितिज्ञलाई विदेश सचिव नियुक्त गरिनुलाई भने अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement