प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुनै सहमति भएको छैन :ईश्वर पोखरेल


काठमाडौं – उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयमा कुनै सहमति नभएको दावी गरेका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व सम्हाल्ने पोखरेलले बताएका छन् । नेकपाका प्रभावशाली नेता समेत रहेका मन्त्री पोखरेलले नेपाली रेडियो नेटवर्क र जनता जान्न चाहन्छन् टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग शनिबार कुरा गर्दै ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरामा सत्यता नरहेको दाबी गरेका हुन् ।

‘मैले दुबै अध्यक्षसँगको भेटमा आलोपालो प्रधानमन्त्री बन्ने कुरा के हो भनेर सोधेको छु । तर, दुबैले यो विषय केही होइन भन्नुभएको छ’, मन्त्री पोखरेलले भने, ‘ओलीज्यूलाई किन हटाउने ? केका लागि हटाउने ? उहाँले नै पाँच वर्ष चलाउनु हुन्छ

प्रतिक्रिया दिनुहोस
Advertisement