जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं – जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादीई पक्राउ गरेको छ । सिन्धुपाल्चोक बतासेका निर बहादुर भन्ने रमेश थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

२०७० मंसिर १६ गते काभ्रेपलाञ्चोक पोखरीचौरीस्थित रैकर जंगलमा १३ बर्षीया बालिकालाई चक्कु देखाई ज्यानमार्ने धम्की दिई जबरजस्ती करणी गरेको मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराई दिनुपर्ने ठहर भई २०७४ वैशाख २५ गते गरेको फैसलालाई उच्च अदालत पाटनले समेत सदर गरेकोमा फरार भएका प्रतिवादी थापालाई नयाँबजार कीर्तिपुरबाट पक्राउ गरिएको हो ।

थापालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement