एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले नेपाली नागरिकहरु आफ्नो देशविरुद्धको युद्धमा सहभागी भएको आरोप लगाएका छन् ।
न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै उनले रुसले नेपाली नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको बताए ।
नेपालसहित ४७ मुलुकका नागरिकलाई रुसले आफूहरुविरुद्धको युद्धमा प्रयोग गरिरहेको बताए । आफ्नो देशविरुद्धको युद्धको हिस्सा नबन्न उनले नेपालसहित ती देशलाई आग्रह गरे ।
रुसले विदेशी छलकपट र प्रलोभनमार्फत आफ्नो देशमा पुर्याएर युद्धमा प्रयोग गरिरहेको आरोप लगाए ।
रुसी युद्धमा हजारौं गैररुसीको मृत्यु भइरहेको भन्दै उनले आफ्ना नागरिकको सुरक्षाबारे सोच्न सम्बन्धित देशहरुलाई आग्रह गरे ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन थप अरु देशलाई समेत युद्धमा तान्न खोजिरहेको उनको थियो ।




प्रतिक्रिया