जनकपुरमा भारतीय डांका र प्रहरीबीच झडप, आठजना पक्राउ


काठमाडौं – बुधबार राति जनकपुरधाममा प्रहरी र भारतीय डांकाबीच झडप हुंदा एक जना घाइते भउका छन् । जनकपुरधाम-८ स्थित विहारकुन्ड मन्दीरमा डकैती गर्ने उद्देश्यले आएका भारतीय समूहले प्रहरीमाथि गोली प्रहार गरेको थियो ।

जवाफी कारबाहीमा प्रहरीको गोली लागेर एक भारतीय घाइते भएका हुन् । धनुसा प्रहरीका अनुसार एक भारतीयको खुट्टामा तीन गोली लागेको छ । प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

प्रदेश नम्बर २ प्रहरीका अनुसार उनीहरु डकैती गर्ने उद्देश्यले आएका थिए । उनीहरु आएपछि समात्न खोज्दा प्रहरीमाथि नै गोली प्रहार गरेपछी प्रहरीले जवाफी कारवाही गरेको थियो ।

प्रहरीका अनुसार सात जनालाई घटनास्थल र एक जनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement