जनार्दनले राष्ट्रपतिबारे एमालेसँग सहमति भएको छैन भनेपछि ओलीको जवाफ- कार्यकर्तासँग सहमति गर्दै हिडिदैँन


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले उठाएको उम्मेदवार नै राष्ट्रपति पदमा निर्वाचित हुने बताएका छन् । आइतबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नेकपा एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरेका हुन् ।

हालको सत्ता गठबन्धन जन्मँदाखेरि नै गठबन्धनको जन्मकुण्डलीमा राष्ट्रिपति कुन पार्टीबाट बन्नेबारे लेखिएर आएको उनले खुलासा गरे । ‘राष्ट्रपति को हुन्छ पहिले नै तय भएको छ । अहिलेको समीकरण जन्मँदा त्यसको जन्मकुण्डलीमा नै लेखेर आएको छ । यसमा माओवादीले साथ दिन्छ ।’

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपतिबारे एमालेसँग कुनै पनि सहमति नभएको अभिव्यक्ति दिएका थिए । शर्मालेको उक्त अभिव्यक्ति दिएबारे ओलीले भने, ‘सबैसँग कहाँ सहमति हुन्छ ? सबै नेता कार्यकर्तासँग कहाँ सहमति गर्दै हिँडिन्छ ?’ त्यस्तै उनले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement