दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शनमा लाठीचार्ज

दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शनमा लाठीचार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –कक्रोच जनता पार्टी (सीजेपी)ले नयाँदिल्लीमा गरेको ‘चलो संसद्’ मार्चमा प्रहरीले लाठी चार्ज गरेको छ ।

जन्तरमन्तरमा ठूलो संख्यामा भेला भएकाहरू संसद् भवन जान लाग्दा सुरक्षाकर्मीले उनीहरूमाथि लाठी प्रहार गरेको हो ।

मार्चमा सहभागीहरूलाई तितरबितर बनाउन प्रहरीले लाठीचार्ज गरेको हो । दिल्ली प्रहरीले मार्चका लागि अनुमति दिन नसकिने बताउँदै आएको छ । सोमबारदेखि नै संसद्को मनसुन सत्र सुरु हुन लागेकाले पनि प्रदर्शनकारी संसद् भवन पुगेर आफ्ना माग राख्न चाहेका छन् ।

आजाद समाजवादी पार्टी (काशीराम) का प्रमुख चन्द्रशेखर आजाद, तृणामूल कांग्रेस सांसद महुवा मोइत्रालगायतका नेताहरू पनि मार्चमा सहभागी छन् ।

त्यस्तै दिल्लीकी पूर्वमुख्यमन्त्रीसमेत रहेकी आम आदमी पार्टीका नेताहरू आतिशी, मनीष सिसोलिया, सञ्जय सिंहलगायतका नेताहरू पनि मार्चमा सहभागी छन् ।