प्रेमिका निम्ति राजदरबार छाड्ने निर्णयमा पुगेकी जापानी राजकुमारीको विवाह सर्‍यो


काठमाडौं– जापानी राजकुमारी माकोको विवाह सरेको छ।

केइ कुमुरोसँग आगामी नोभेम्बर ४ का लागि तय भएको विवाहको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भन्दै दुई वर्षपछि गर्ने गरी सारिएको हो।

सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ वर्षीया माको र कुमुरोको यही मार्चमा परम्परागत अदालती समारोहकाबीच अनुबन्ध हुने तयारी थियो।

राजकुमारी माकोद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी जापानी सञ्चारमाध्यम जिजीले लेखेको छ, ‘हामी दुवै जनाको विवाहका लागि प्रशस्त तयारी नपुगेकाले अर्को मितिमा गर्ने गरी हाललाई वैवाहिक कार्यक्रम स्थगित गरिएको छ।’, ।

राजकुमारी माको शाही खानदान नै त्यागेर विवाह एक आम जापानी नागरिकसँग विवाह गर्न लागेकी हुन्। जापानका सम्राटबाट अनुमति पाएपछि राजकुमारी माकोले विवाहको घोषणा गरेकी थिइन्।

जापानको एक विवादित कानुनका अनुसार राजपरिवारको महिला सदस्यले आम नागरिकसँग विवाह गरेमा आफ्नो शाही दर्जा गुमाउनु पर्नेछ । पुरुष सदस्यले आम नागरिकसँग विवाह गरेमा भने शाही दर्जा भने कायमै रहन्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement