जसपाका चारजना प्रदेश सांसदको रिटमाथि सुनुवाई हुँदै


काठमाण्डु – लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका जसपाका चारजना सांसदको रिटमाथि सुनुवाई हुँदैछ ।

आइतबार सर्वोच्च अदालतमा दर्ता रिटमाथिको सुनुवाई न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुँदैछ ।

एमाले नेता शंकर पोखरेलको सरकार जोगाउन पार्टीको ह्वीप उल्लंघन गरेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई जसपाको उपेन्द्र यादव पक्षले कारवाही गरेको थियो ।

पार्टीले सुनुवाइको मौका नै नदिई कारबाही गरेको, कारबाही गर्ने क्रममा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक नबसेको र मुख्यमन्त्री पोखरेलको सरकारमा सहभागी हुने निर्णय प्रदेश सभा संसदीय दलको बहुमतले गरेको जस्ता कारण देखाउँदै उनीहरूले आफूहरूमाथि भएको कारबाही बदर गर्न माग गरेका छन् ।

सोही आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ गते उनिहरुलाई पदमुक्त गरेका थिए । त्यस लगतै जसपा अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले कारवाही नगरेको जानकारी गराएपनि ठाकुरको पत्र बेवास्ता गर्दै यादव पक्षको कारवाही सदर गरेपछि चारैजना सांसद सो निर्णयविरुद्ध रिट दाएर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement