बन्यो १ थोपा पानीले १०० एलईडी बल्ब बल्ने जेनेरेटर


एजेन्सी – वैज्ञानिकहरुले सधैजसो विभिन्न किसिमका नयाँ आविष्कारहरु गरिरहेका छन् । जसले विश्वलाई एक नयाँ दिशातर्फ लगिरहेको छ । एक यस्तै किसिमको आविष्कार युनिभर्सिटी अफ हङकङका वैज्ञानिकले गरेका छन् । उनीहरुले यस्तो जेनेरेटरको आविष्कार गरेका छन्, जसले वर्षाको केबल १ थोपा पानीले १०० एलईडी बल्ब बाल्न सक्छ ।

यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्ला । तर यो विलकुल सत्य कुरा हो । यो शोधलाई जर्नल नेचरको नयाँ अंकमा प्रकाशित गरिएको छ । हङकङ विश्वविद्यालयका इन्जिनियर र प्राध्यापक जुआनकाई वांगका अनुसार यो जेनेरेटरको माध्यमबाट १५ सेन्टिमीटरको उचाईबाट पानीको १०० माइक्रोलीटरको एक थोपाबाट १४० भोल्ट उर्जाको उत्पादन हुन सक्छ । वैज्ञानिकले लामो समयसम्म यो प्रोजेक्टमा काम गरेको र हाल मात्रै यसमा सफलता मिलेको बताइएको छ ।

जेनेरेटरले कसरी काम गर्छ ?

प्राध्यापक जुआनकाई वांगका अनुसार यो जेनेरेटरमा २ इलेक्ट्रोड हुन्छ । जसमा एक आल्मुनियम र अर्को पोलिटेट्राफ्लूरोएथिलीन इलेक्ट्रोड हुन्छ । यसको उपयोग धेरै स्थायी हुन्छ । जब यसमा वर्षाको थोपो पर्छ यसबाट बिजुली उत्पादन हुन्छ । यसबाट उर्जाको उत्पादन पनि अधिक भन्दा अधिक हुन्छ ।

मीडिया रिपोर्टका अनुसार यो जेनेरेटर उच्च क्षमता भएको रहेको छ । यो जेनेरेटर एक पटकमा आफ्नो क्षमता भन्दा कैयौं गुणा अधिक उर्जाको उत्पादन गर्न सक्षम रहेको छ । यो जेनेरेटरबाट आगामी समयमा वर्षाको पानीको पनि भरपुर प्रयोग गर्न सकिन्छ र बिजुलीको उत्पादनको क्षमता पनि बढाउन सकिन्छ । जसले विश्वलाई फाइदा पु¥याउछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement