झापामा गाँजासहित तीन जना पक्राउ


झापा – झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवर छन् । दिलबहादुरको घरबाट आठ किलो, नरबहादुरको घरबाट तीन किलो र कुँवरको घरबाट एक किलो गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएकाे छ । तीनै जनाले पाँचथरबाट गाँजा खरीद गरेर ल्याउने र झापाका विभिन्न स्थानमा बिक्री गर्ने गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement