सुदूरपश्चिमका सांसद बोहोरालाई माओवादी केन्द्रको २४ घण्टे स्पष्टीकरण


काठमाण्डु – माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका सुदूरपश्चिम प्रदेशका सांसद झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ ।

माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित बोहोरालाई २४ घण्टाभित्र जवाफ माग्दै बुधबार स्पष्टीकरण सोधेका हुन् ।

माओवादीको केन्द्रीय सल्लाहकार सदस्य रहेको बेला प्रदेश सभामा निर्वाचित भए पनि पछिल्लो समय एमालेमा प्रवेश गरेको भन्दै दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने ? भनेर माओवादीले बोहोरालाई स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement