ज्योति मगरमाथि इटहरी उपमहानगरपालिकाले लगायो प्रतिबन्ध, महिला हिंसालाई प्रोत्साहन गरेको आरोप


सुनसरी– इटहरी उपमहानगरपालिकाले इटहरीको तालतलैयामा हुन लागेको महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाइ प्रतिबन्ध लगाउने भएको छ ।

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले कलाकारको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्ने बताउँदै कलाकार मगरमाथि प्रतिबन्ध लगाइने बताइन् ।

सुनसरी सदरमुकाम इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा बोल्दै उनले भनिन्,‘ज्योतिको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्छ, त्यसकारण उपमहानगरपालिकाले उनलाई महोत्सवमा प्रतिबन्ध लगाइने निर्णय भएको छ। ’

वैशाखको पहिलो साता सुनसरीको इटहरीको तालतलैयामा महोत्सवमा आयोजना हुनेछ ।

उनले उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने बताउँदै नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढिरहेको र कलाकारको नाममा समाजलाई उत्तेजित पार्ने छुट कसैलाई नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement