ज्योती मगरको गीतमा ‘छमछमी’ र ‘बुगी वुगी’को ब्याटल (भिडियोसहित)


काठमाडौं  – गायिका ज्योती मगर र गीतकार तथा संगीतकार हरि बिष्टको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ ।  संगीतकार  बिष्टले नयाँ प्याटनको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।पश्चिम नेपालको लोकप्रिय मानिने झ्याउरे भाका ‘तिम्रो फोटो’ बोलको गीतलाई विष्टले डान्स ब्याटलका रुपमा प्रस्तुत गरेका छन् ।

गीतकार विष्ट र ज्योती मगरको स्वर रहेको गीतमा छमछमी र बुगीवुगीका कलाकारहरुलाई आमुनेसामुने गराइएको छ । गीतको पहिलो भागमा छमछमीका कलाकार मनिता राई र शेखर घर्तीलगायतको प्रस्तुति छ भने मध्यान्तरपछि बुगीवुगीका कलाकारहरु श्रृष्टि महर्जन र रविन भुजेल लगायतको डान्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement