धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।
बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै शाहले राजीनामा दिएको घोषणा गरे ।
शाहले राजीनामापत्र प्रदेश प्रमुख नजिर मियाँसमक्ष बुझाउने जानकारी प्रदेश सभालाई गराएका छन् ।
बजेटका विषयमा असहमति जनाउँदै नेकपा एमालेले गत असार ३१ गते शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो ।
समर्थन फिर्ता भएको ३०औँ दिनमा शाहले राजीनामा दिएका छन् । उनको राजीनामासँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिममा नेकपाले मुख्यमन्त्री पाउने सहमति गरेका छन् ।




प्रतिक्रिया