काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद कमल सुवेदीले दाङ उपत्यकालाई संघीय सरकारको प्रशासनिक राजधानी बनाउन प्रस्ताव गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले प्राकृतिक विपद्बाट बच्नका लागि जोखिमयुक्त बस्तीको जोखिम नक्सांकन गर्नुपर्ने र जमिनहरू कति बस्न लायक छन् यकिन गरेर नीति बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘एउटा मेरो प्रस्ताव पनि छ । यो काठमाण्डु राजधानी अहिले छ । विपद्को हिसाबले हेरौं वा अन्य जनघनत्वको हिसाबले हेरौं । यसलाई पनि अब पुनर्विचार गर्ने हो कि !’
उनले अगाडि थपे, ‘एसियाकै ठूलो उपत्यका छ, दाङ उपत्यका । त्यहाँ प्रशासनिक राजधानीको लागि भविष्यमा एउटा अध्ययन अनुसन्धानको प्रणालीको पनि विकास गरौं ।’
वीरगञ्जलाई औद्योगिक राजधानीको रूपमा हेर्न सकिने पनि उनले बताए । सुवेदी दाङ–३ बाट निर्वाचिन प्रतिनिधिसभा सदस्य रहेका छन् ।




प्रतिक्रिया