अभियुक्तसँग घुस लिने दोलखाका सिडिओ निलम्बित


काठमाडौं – घुस लिने दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकार (सिडिओ) खगेन्द्र प्रसाद रिजाल निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा गृह मन्त्रालयले मुद्दाका अभियुक्तसँग धरौटी रकमका नाममा घुस लिने उनलाई निलम्बन गरेको हो ।

अभद्र व्यवहारसम्बन्धि मुद्दामा पक्राउ परेका अभियुक्तसँग रिजालले ९० हजार घुस लिएका थिए । पछि विवाद भएपछि उनले सार्वजनिक गरेका थिए ।

गृह मन्त्रालयले उनलाई गत बिहीबार नै हटाइसकेको छ । सो घटनाको अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए । उपसचिव रिजाल यसअघि अख्तियारमा सहायक प्रवक्ताका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement