अज्ञात समूहद्धारा एक महिलामाथि खुकुरी प्रहार


बिर्तामोड – झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीमा मध्यराति एक महिलामाथि खुकुरी प्रहार भएको छ । घरमा छोरीसँगै सुतिरहेका बेला बुधबार मध्यरातमा अज्ञात समूहको खुकुरी प्रहारबाट आरती चौहान (बुढाथोकी) घाइते भएकी हुन् ।

घाइते चौहानको आम्दा अस्पताल धुलावारीमा उपचार संम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेश थापाले बताए ।

मध्यरातमा आएका अपरिचित दुई जना व्यक्तिले खुकुरी प्रहार गरेको खुले पनि उनीहरुको पहिचान नखुलेको डिएसपी थापाले जानकारी दिए । राती खाना खाएर आमा छोरी एउटै कोठामा सुतेका अवस्थामा ती दुई व्यक्तिले कोठामा प्रवेश गरी आमाको टाउकोमा खुकुरी प्रहार गरेको उनकी छोरी अर्पणाले प्रहरीलाई बयान दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement