किम जोन उनलाई चीनले दियो भब्य मेजमानी, के के गरे चीनमा ? (हेर्नोस दुर्लभ भिडियो)


काठमाडाैँ- उत्तर कोरियाका शासक किम जोन उनले गरेको चीन भ्रमण अहिलेसम्म पनि चर्चाको शिखरमा छ । विश्वको नम्बर एक शक्तिकेन्द्र अमेरिकाविरुद्ध निरन्तर कडा चेतावनी दिइरहेका किमलाई पावरहाउस बेइजिङले अभूतपूर्व स्वागत गरेको पाइएको छ ।
उनी आफ्नै रेल लिएर बेइजिङ पुगेका थिए ।

उनलाई बेइजिङमा चिनिया“ राष्ट्रपति सी चिनफिङले पनि भब्य स्वागत गरे । प्रायः कमै मुस्कुराउने किम आफ्नो चीन भ्रमणका क्रममा पटक—पटक मीठो मिठो मुस्कान मुस्कुराएका देखिन्छन् ।

उनको चीन भ्रमणको हाइटलाइटसहितको एक दुर्लभ भिडियो सार्वजनिक भएको छ । ४१ मिनेट ४८ सेकेण्ड लामो भिडियोमा उनको चीन भ्रमणका दुर्लभ झलकहरु समेटिएका छन् ।

भिडियो

https://www.youtube.com/watch?v=KQplQp0Gw7Y&feature=share

प्रतिक्रिया दिनुहोस
Advertisement