किमको भ्रमणबारे चीन बेखर, कुनै सूचना भएको भए हामी दिइसक्थ्यौँ : विदेश प्रवक्ता हुवा


बेइजिङ- उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको भन्ने समाचारप्रति चीनले अनविज्ञता प्रकट गरेको छ । उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचारलाई विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्लामात्र भएको बताएका छन् ।

उनले भनेका छन् यदि त्यस्तो भ्रमणको समाचार भएको भए हामीले औपचारिकरुपमा नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिइसक्ने थियौँ, त्यस्तो केही होइन र यसबारेमा मलाई केही थाहा पनि छैन । हामीले यस विषयमा कुनै सूचना प्राप्त ग¥यौँ भने त्यसलाई सार्वजनिक गर्नेछौँ– बेइजिङमा मङ्गलबार आयोजित विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले भने ।

यसअघि केही सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङ पुगेको समाचार आएको थियो । जापानी केही सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम रेल चढेर सुटुक्क चीनको राजधानी बेइजिङ पुगेको समाचार प्रकाशन, प्रशारण गरेका थिए ।
तर त्यस समाचारमा के कति सत्यता छ भन्ने बारेमा भने अझै पुष्टि हुन सकेको छैन । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस
Advertisement