किम जोङ र माधव नेपालबीच के कुरा भयाे? उत्तरकाेरियाबाट फर्किए नेपाल


काठमाडाैं–नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल उत्तरकोरियाको भ्रमण सकेर स्वदेश फर्किएका छन्।

 

स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भेटेर युद्धमा भन्दा वार्ता र संवादमा जोड दिन आग्रह गरेको बताए।

 

एशियाली देशका सांसदहरुको सम्मेलनमा सहभागी हुन उत्तर कोरिया पुगेका नेपाल  स्वदेश फर्कका हुन्।

पछिल्लो समय अमेरिकासँगको बढ्दो तनावका बारेमा वार्ताबाटै समस्या समाधान निकाल्न आफूले जोड दिएको उनले बताए । उत्तर कोरिया सुरक्षाको दृष्टिले नजान आग्रह गरिएपनि नेपाल गएका थिए। नेपालसँग माओवादी नेता हरिबोल गजुरेल र संघीय समाजवादी फोरमकी छाया शर्मा गएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement