किन यति आजित छिन अनु मायामा (भिडियो सहित)


काठमाडाैँ- पछिल्लो समय हरेक गीत संगीतमा नौलोपन खोजिरहेको समयमा लोक दोहिरी गीतमा पनि नयाँपन आउन थालेको पाइन्छ । पुरानै बिषयबस्तु र परिवेशलाई आधार बनाएर निकालिएका गीतहरु दर्शक श्रोताको अरुचीको बिषय बनेको छ ।

यस्तै दर्शक श्रोताको मनोभावनालाई बुझेर मोडल बिमता घर्तीमगर (अनु) ले ‘पापी आखा’ बजारमा ल्याएकी छिन । झण्डै ६ बर्ष जति म्यूजिक भिडियोबाट यस क्षेत्रमा डेब्यू गरेकी अनुले स्वर भने ‘आखामा’ पहिलो पटक भरेकी हुन । अभिनयमा जति न्याय दिएर नाच्न अब्बल दिने अनुले गायनमा पनि आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेकी छिन। बहु स्वरको धनी गायक राजन कार्कीले गायिकालाई स्वरमा साथ दिएका छन । पापी आखाको शब्द तथा लय कार्कीको रहेको छ ।

तिर्सना म्यूजिक प्रालिको प्रस्तुतीमा बजारमा आयको यस गीतको म्यूजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छ्न भने अभिनयमा दुर्गेश थापा त स्वयम् गायिका बिमता घर्ती अनुले देखिएका छन । साइ भिजन प्राली को दृश्य निर्माणमा सहयोग गरेकोले यस गीत अलि फरक प्रकृति को रहेको निर्देशक भट्ट बताउछ्न । आफ्नो अब को गायन यात्रा को भविष्य यसै गीतले मार्गदर्शन गर्ने गायिका अनुले हामिलाइ बताएकी थिइन।

भिडियो

प्रतिक्रिया दिनुहोस
Advertisement