काँग्रेस नेता कोइरालाकाे अाराेप ‘सरकार अतिवादतर्फ लम्किँदैछ’


चितवन- नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सरकार अतिवादतिर लम्किँदै गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन चितवनले मंगलबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार अतिवादतिर लम्किँदै गरेकाे अाराेप लगाएका हुन् ।

‘थाहा पाउँदा नपाउँदो हिसाबले सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक्यो ।’उनले भने । प्रजातन्त्रमा शक्ति पृथक्कीकरण अति महत्वपूर्ण भएको तर यसलाई समाप्त गर्न न्यायपालिकालाई पनि आफ्नो कब्जामा प्रधानमन्त्रीले लिइसकेको उनले अाराेप लगाए ।

फरक प्रसंगमा उनले काँग्रेले पराजय भोग्नाको एउटा कारण नाकाबन्दीका विषयमा बोल्न नसक्नु भएको बताए । उनले आउँदो पार्टी अधिवेशनमा पार्टी नेतृत्वमा आफ्नो उम्मेदवारीको विषय नेता कार्यकर्ताको सुझावमा भर पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement