कोशी प्रदेशका मुख्यमन्त्री विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अब बिहीवार सुनुवाइ हुने


काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वाेच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलाशमा सुनुवाइ भइरहेको रिटमाथि बहस गर्न बाँकी रहेकाले हेर्दाहेर्दैमा राखिएको छ ।

भोलि बुधबार सार्वजनिक बिदा भएकाले अब पर्सि बिहीबार बहस जारी रहने सर्वाेच्च अदालत स्रोतले जनाएको छ ।

प्रदेशसभा बैठकमा सभाध्यक्षता गरेका सांसदले समेत विश्वासको मत दिएपछि विवाद उत्पन्न भएको थियो । कोशी प्रदेशसभा नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement