प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, रोष्टममा बसेर सम्बोधन गर्दै


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसदमा उभिएर बोल्दा समस्या देखा परेको छ ।

मंगलबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूलाई स्वास्थ्य अवस्थाका कारण उठेर बोल्दा समस्या भएको बताए ।

उनले सभामुख अग्निप्रसाद सापकोटालाई समस्या सुनाएपछि उनलाई अहिले बसेर बोल्ने व्यवस्था मिलाइएको छ।

उनले शल्यक्रियाका कारण खुट्टामा समस्या भएकाले उभिन गाह्रो भएको बताए । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे पनि उनले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने इच्छा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement