प्रधानमन्त्रीको ठोकुवाः नेपालमा पार्टी भन्न लायक हाम्रो मात्रै हाे


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पार्टी भन्न लायक पार्टी आफ्नो मात्र भएको दाबी गरेका छन् ।

मंगलबार आफू निकट युवा संघ नेपालको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले नेपालमा लायक पार्टी अरु नभएको बताउँदै आफूले नेतृत्व गरेको पार्टी मात्र लायक भएको दाबी गरेका हुन् ।

‘अहिले नेपालमा पार्टी भन्न लायक हाम्रो पार्टी (नेकपा) मात्रै हो । अढाई महिना अगाडि सम्म हाम्रो पार्टी पनि अरुको जस्तै थियो मारामार ! हामी यस्ता रोगबाट मुक्त हुनुपर्छ । अरु पार्टीमा नेतृत्वमा मारामार छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको पार्टी फोहोरको डङ्गुर भएकाले युवाहरले मोरीको संगत गर्नुपर्ने बताए । उनले आफ्नो पार्टीलाई मौरीको घारको संज्ञा दिए ।

‘युवाहरुको साथमा सरकार छ । तपाईहरु सु–स्पष्ट ढंगले अगाडि बढ्नुपर्छ । मौरीको साथ लागेर गयो भने पुतलीलाई साथ दियो भने फूलमा पुगिन्छ । झिँगालाई साथ दियो भने फोहोरको ढंगुरमा पुगिन्छ युवाहरुले त्यो छुट्याउनु भएको छ । हामी मौरी हौं बगैचामा जान्छौं । मह बनाउँछौं आफू पनि खान्छौं अरुलाई पनि खुवाउँछौं । फोहोरका पछि लाग्यो भने रोगी भइन्छ । बिचरा प्रचण्डजीलेको माया लागेर आउँछ । के खान गएकी……. के मा डुबेर मरी भनेजस्तो । हामी जित्नेछौं’, उनले भने ।

प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना भए प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्ने बताए । उनले संसद पुनःस्थापना भए प्रचण्ड–नेपालको प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement