निर्वाचन आयोगलाई प्रधानमन्त्रीको जवाफः प्रचण्डलाई पत्र पठाउने अधिकार छैन् (पत्रसहित)


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई पत्रको जवाफ दिएका छन् । आयोगले पुस २३ गते विवरण सुधार गरेर पठाउन आग्रह गरिएको पत्रको जवाफ प्रधानमन्त्री ओलीले पठाएका हुन् ।

उनले आयोगलाई ११ पेजको पत्र लेख्दै आफू नै आधिकारिक पार्टीको अध्यक्ष भएको दाबी गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको पत्रलाई अस्वीकार गर्न आग्रह गरेका छन् ।

उनले पत्रमा भनेका छन्, ‘नेकपाको प्रथम अध्यक्ष तथा प्रमुख पदाधिकारीको हैसियतमा मैले पठाएको विवरणहरु सूचीकरण गर्नुहुन र अन्य कुनै पनि अनाधिकृत तथा असम्बन्धित व्यक्तिले पार्टीको नाममा पठाएको भनिएको कुनै पनि विवरणहरु अभिलेखिकरण गर्न नमिल्ने व्यहोरा निम्म्नअनुसार स्पष्ट गर्न चाहान्छु ।’

उनले प्रथम अध्यक्ष तथा प्रमुख पदाधिकारीको हैसियतले आफूले पठाएको विवरणबाहेक पार्टीका तर्फबाट अन्य कोही कसैलाई पनि विवरण पठाउने अधिकार नभएको र यस्ता अनाधिकृत विवरण आयोगले अभिलेखीकरण गर्न नमिल्ने बताएका छन् । ‘निर्वाचन आयोगमा पत्रचार गर्ने सम्बन्धमा पार्टीका द्वितीय अध्यक्ष श्री पुष्पकमल दहाल प्रचण्डलाई कुनै अधिकार दिइएको छैन,’ उनले भनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement