मुख्यमन्त्री लालबाबु भन्छन् -कांग्रेसले भन्दैमा शहीद पार्क बनाउने निर्णय परिवर्तन हुँदैन


काठमाडौँ – कांग्रेसले वीरगञ्जस्थित वीपी उद्यानमा शहीद पार्क बनाउने निर्णय तत्काल फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिएका बेला प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले शहीद पार्क बनाउने निर्णय कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।

उनले सबै प्रक्रिया पूरा गरेर शहीद पार्क बनाउने निर्णय भएकोले त्यसमा अनावश्यक विरोध जनाइरहन आवश्यक नरहेको बताए । ‘वीरगञ्ज मधेस आन्दोलनको केन्द्रविन्दु हो, यहाँ कैयौँ शहीद भएका छन् उनीहरुको स्मृतिमा शहीद पार्क बनाउने निर्णय भएको छ यो परिवर्तन हुँदैन’ उनले भने ।

आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वीरगञ्जमा वीपी उद्यान निर्माण गर्ने भनि छुट्याइएको जग्गामा प्रदेश २ सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोप्रति आपत्ति जनाउँदै यो निर्णय सच्च्याउन माग गरेका थिए ।

२०६० साल कात्तिकमा तत्कालिन श्रम तथा यातायात मन्त्री डा. प्रकाशचन्द्र लोहनीबाट वीपी उद्यानको शिलान्यास गरिसकेकोले अहिले आएर अर्कै नाममा पार्क बनाउन खोज्नु आपत्तिजनक भएको कांग्रेसले जनाएको छ । प्रवक्ता शर्माले पत्रकार सम्मेलनमार्फत निर्णय तत्काल नसच्याए कांग्रेस कडा रुपमा उत्रिने चेतावनी दिएका थिए ।

तर मुख्यमन्त्री राउतले शहीद पार्क निमार्ण गर्ने निर्णय फेरबदल नहुने अडान दोहो¥याउदै भने, ‘वीपी कोइरालाका नाममा वीपी उद्यान बनाउने निर्णय भएको दाबी गर्ने कांग्रेसले १५ वर्षसम्म उक्त ठाउँमा कति इटा थप्यो? अहिले हामीले काम गर्छाैँ भन्दा रोक्न खोज्ने?’

प्रतिक्रिया दिनुहोस
Advertisement