आजैदेखि विकसित देश बनाउने प्रण गरौं :प्रधानमन्त्री

आजैदेखि विकसित देश बनाउने प्रण गरौं :प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला– प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन् । हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री अाेलीले मुलुक सधैं पछाडि रहन नसक्ने भन्दै अब देशलाई विकसित बनाइन्छ बनाउन सबैले प्रणगर्न अप्रिल गरेका हुन् ।

प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउँको महत्व उत्तिकै रहेको भन्दै भने ‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि हुन सक्छ, सबै ठाउँको महत्व आ–आफ्नै छ ।’ प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउँदै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाए।

कर्णालीबाट जडिबुटिको प्रबर्द्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री अाेलीले त्यसका लागि आवश्यक सहयोग केन्द्रिय सरकारले गर्ने भन्दै प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गरेका थिए ।

प्रधानमन्त्रीसमक्ष स्थानीयबासीले हवाई तथा सडक, कृषि, स्वास्थ्यलगायतका माग प्रस्तुत गरेका थिए भने जवाफमा उनले स्थानीयका माग पूरा गर्ने  प्रतिबद्धता दिलाएका थिए ।