‘लिलिबिली’को ट्रेलर : किन भिलेन बने प्रदीप र जसिताको प्रेममा अनुप


काठमाडाैँ – पछिल्लो समय उदायका र दर्शकमा सबैभन्दा बढी क्रेज भएका हिरो हुन् प्रदीप खड्का । उनै प्रदीप अभिनित चलचित्र ‘लिलिबिली’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले मंगलबार साँझ एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर रिलिज गरेको हो । दुई गीत समेत सार्वजनिक गरिएको कार्यक्रममा चलचित्रको मुख्य अंस राखिएका छन् ।

ट्रेलर हेर्दा चलचित्रमा प्रदीप र नव–नायिका जसिता गुरुङको प्रेममा अभिनेता अनुप विक्रम शाही भिलेन बनेको अनुमान लगाउन सकिन्छ । ट्रेलरमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री प्रियंका कार्कीलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ । प्रदीपले बोलेका केही संवाद मन छुने खालका छन् । प्रेमकथामा आधारित रहेर निर्माण गरिएको ‘लिलिबिलि’ मिलन चाम्सले निर्देशन गरेका हुन् ।

कार्यक्रममा प्रदीपले ट्रेलरमा फिल्मको कथा खुलाउन नचाहेको बताए । चलचित्रमा आफुले बेष्ट दिने प्रयास गरेको बताएका प्रदीपले चलचित्र दर्शकले मनपराउनेमा आफु ढुक्क रहेको बताए । प्रदीपको अपोजिटमा देखिएकी जसिताले पनि चलचित्र राम्रो बनेको दाबी गरिन् ।
३० चैतबाट देशैभर प्रदर्शनमा आउन लागेको चलचित्रमा मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारको समेत अभिनय रहेको छ । ‘लिलिबिली’ स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीमा छायांकन गरिएको हो ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस
Advertisement