मेसीको चमत्कारी फ्रि–किकले जित्यो बार्सिलोना


बार्सिलोना — सुपर फुटबलस्टार लियोनल मेसीले फ्रि–किकमा आकर्षक गोल गरेपछि आइतबार एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गरेपछि ला लिगाको उपाधि होड बार्सिलोनाको हातमा गएको छ ।स्पेनिश लीगको बहुप्रतीक्षित प्रतिस्पर्धाको शुरुवातमा बार्सिलोनाको टीम हावी देखिएको थियो ।

लगातार ८ खेल जितेर एट्लेटिको नोउ क्याम्प आइपुगेको थियो । तर बार्सिलोनाले उसको तगारो बनिदियो । र बार्सिलोनाले आफ्नै अग्रता ८ अंक पनि बनायो । अब लिगमा ११ चरणका खेल बाँकी छन् ।

मेसीले गरे ६०० औं गोल

ला लीगामा एटलेटिको मैडिड विरुद्ध स्टार मेसीले एक्लो निर्णायक गोल गरे जुन उनको करियरकै ६०० औं गोल थियो। मेसीले आफूलाई फेरि पृथक साबित गरे । पहिलो हाफको फ्रि–किकमा उनले आफ्नो करिअरको ६ सय गोल पनि पूरा गरे । उनले बार्सिलोनाका लागि ५ सय ३९ र अर्जेन्टिनाबाट ६१ गोल गरेका छन् । बार्सिलोनाको वर्चस्व रहेको खेलमा आन्द्रेस इनिस्टा भने घाइते भए । उनले ३४ औं मिनेटमा मैदान छाडेका थिए । बार्सिलोनाले १० दिनपछि च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement