लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी


काठमाडौं – लोक सेवा आयोगले अधिकृत(प्राविधिक)को विज्ञापन आह्वान गरेको छ । आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक)तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदको ज्येष्ठता र कार्यसम्पादनसहित आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशीतर्फ विज्ञापन खुला गरेको हो ।

आयोगले प्राविधिकतर्फ इन्जिनियरिङदेखि सबै सेवा/समूहको परिमार्जित पाठ्यक्रमसहित विज्ञापन गरेको जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement