प्रदेश ३ लोकसेवा आयोग अध्यक्षमा श्रेष्ठ सिफारिस


काठमाडौं – प्रदेश ३ को लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका लागि मुख्यमन्त्री डोरमणि पौडेल संयोजकत्वको सिफारिस समितिले पूर्वसचिव सुरेशमान श्रेष्ठलाई सिफारिस गरेको छ ।

अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न मुख्यमन्त्री पौडेलको संयोजकत्वमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ सदस्य रहेको गठित सो समितिले अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरेको हे ।

तर महिलासहित अन्य दुई सदस्यको नियुक्तिको सिफारिस भने हन सकेको छैन । अध्यक्षमा सिफारिस श्रेष्ठले ३२ वर्षसम्म निजामती सेवामा बिताएका छन् । उनी श्रम तथा रोजगार मन्त्रालयको सचिवसमेत बनेका थिए ।

लमजुङको दुराडाँडामा २०१५ साल जन्मिएका श्रेष्ठ २०४१ सालमा नेपाल सरकारको शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए । हाल काठमाडौंको गोंगबु बस्दै आएका श्रेष्ठले एमएससी र एमपीए गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement