राजदूत शेर्पामाथी लागेको आरोपबारे छानविन सुरु, फिर्ता बोलाउने सरकारको तयारी


काठमाडौं- अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि सरकारले अनुसन्धान थालेको छ । मानव तस्कारमा संलग्न रहेको आरोप लागेकी राजदूत शेर्पामाथि परराष्ट्र मन्त्रालयले अनुसन्धान सुरु भएको हो ।

आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएपछि विवादमा आएकी शेर्पालाई राजदूतबाट फिर्ता बोलाउने तयारी भएको हो । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकारले राजदूतमाथि अनुसन्धान थालेकाे बताएका छन् ।

उनले भनेका छन्, ‘अहिले हामी अनुसन्धानमै छौं । राजदूतसँग सोधपुछ गर्ने तयारी गरेका छौं ।’

नेपाली दूतावास अष्ट्रेलियामा चालकका रुपमा कार्यरत शेर्पाका सवारी चालक ओङ्छु शेर्पाबाटसमेत लक्कीले मोटो रकम असुलेर त्यहाँ लगेको खुलासा भएको थियो । चालक शेर्पाले लक्की र उनका पतिले अमेरिका पठाइदिने भन्दै आफूसँग सुरुमा २२ लाख रकम लिएको आरोप लगाएका थिए । अमेरिकाको भिसा नलागेपछि राजदूत दम्पत्तिले थप १० लाख रुपैयाँ लिएर अष्ट्रेलिया लगेको उनको भनाइ छ ।

त्यहाँ पुगेपछि पनि कूल ६० लाख दिनुपर्ने पूर्वसर्त अनुसार आफूले मासिक एक हजार डलर शेर्पा दम्पत्तिलाई बुझाउने गरेको उनको भनाइ छ ।

त्यस्तै नेपाली कांग्रेसले पनि राजदूत शेर्पामाथि अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । मानव तस्करीको आरोप लागेपछि राजदूत शेर्पालाई फिर्ता बोलाउनुपर्ने नेकपामाथि नैतिक दबाब बढेको छ ।

 

राजदूतको ‘मानव तस्करी’ धन्दा : सरकारले किन ‘एक्सन’ लिएन ? बर्खास्त गर्न माग

नेपाली राजदूतमाथि गम्भीर आरोप : के रहेछ पतिपत्नीको धन्दा ?

प्रतिक्रिया दिनुहोस
Advertisement